सर्वोच्च अदालतले जरिवाना छुट दिएर फैसला गरेपछि टेलिकम्पनी एनसेलले निर्धारित पुँजीगत लाभकरमध्ये ४ अर्व ५० करोड रूपैयाँ तिरेको छ। ठूला करदाताकार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो। फेसला भएदेखि आजसम्मको ब्याज समेत जोडेर एनसेलले २२ अर्ब …
काठमाडौंमा एलिभेटेड मेट्रो रेल चलाउन डीपीआर तयार गरिँदै
१५ पुस, काठमाडौं । सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो । यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी …
‘प्रेममा पर्नुभएको छ, तपाईंले फोनमा गरेका कुरा सरकारले सुन्नेछ’
राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले नेपाल विशेष सेवा विधेयक अस्वीकार्य रहेको बताएका छन्। फरक विचार र दलका मान्छेलाई ठाउँको ठाउँ सिध्याउने उद्देश्यले सरकारले यो विधेयक राष्ट्रियसभामा पेश गरेको भन्दै सांसद पन्थले विरोध गरे। ‘फरक विचार, फरक दललाई मात्र होइन …
एन्ड्रोइड फोनको तुलनामा आइफोन १ सय ६७ गुणा असुरक्षित
एप्पलको आइफोनको प्रयोगकर्ताहरूका लागि दुखद् खबर छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ । रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ । स्मार्टफोनको …
अमेरिकाको चर्चमा गोली चल्यो, २ को मृत्यु
१४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली …
सिपी गजुरेल र परी थापासहित वैद्य समूहका १५ नेता पक्राउ
काठमाडौं : मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमुख सिपी गजुरेल सहित १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमन्त्री समेत रहेका सिपी गजुरेल, परी थापा लगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो …
प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय
१३ पुस, काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । …
‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’
१३ पुस, काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर …
घुस लिएको अभियोगमा २ पक्राउ
काठमाडौं, (नेस)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै सशस्त्र प्रहरी बलका दुई सदस्यले छ …
दुई करोड नेपालीको पहुँचमा इन्टरनेट
काठमाडौं : नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ। मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै …
भालुबाङ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर
तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रा १ ख १४८९ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ को मुसोटखोलाको ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ भने अन्य यात्रु सामान्य रहेका छन् …
नक्कली नेपाली रुपियाँसहित ४ बंगलादेशी पक्राउ
भक्तपुर, (नेस)। नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिक सुमन खान, अलि अहमद, रोबेल मिक्दा र महमद उल्लाहा रहेका छन्। भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका …