Hamro Shringar
Covid 19

कोरोना भाइरस नेपाल: एकै दिन सबैभन्दा धेरै सङ्क्रमण पुष्टि, ११४ जना थपिए

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

नेपालमा बुधवार ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।

यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए।

मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार छ।

बुधवारसम्म संसारभरि कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ५५ लाख नाघेको छ।

विश्वभर मृत्यु हुनेको सङ्ख्या तीन लाख ४८ हजारभन्दा बढी छ।


Share on

Habre Nepal