Hamro Shringar
Corona Virus

सन्दर्भ कोरोनाकै

Reporter Furshad अर्थ / वाणिज्य, कोरोना भाइरस, जीवनशैली

नेपाल एक अल्प विकसित मुलूक हो । लकडाउन मात्र गरेर समस्या सामाधान हुने देखिदैन । सरकारको मुख्यतः दूई ओटा चुनैतीहरु रहेका छन ।

१) Covid-19 बाट मानिसको ज्यान जोगाउने र

२) अर्थतन्त्र जोगाउने

वर्तमानकै अवस्था अर्थात लकडाउन लामो समय सम्म कायम रहे Covid-19 बाट नमरे पनि भोकमरीले मर्ने दिन नआउला भन्न सकिन्न । तसर्थ अर्थतन्त्रलाई चलायमान बनाई राख्न जरुरी छ ।

हाल सम्म अधिकारिक रुपमा WHO ले खोप तयार भयेको घोषणा गरेको छैन । र खोप तयार भइहाले पनि ठूला अर्थतन्त्र बिच पहिला खोप पाउन हानथाप सरु हुनेछ नेपाल ले यति छिटै खोप पाउने अवस्था छैन ।

तसर्थ Covid-19 बाट बच्न र अर्थतन्त्र जोगाउन सरकारले केहि महत्वपर्ण निणय लिनूपर्ने देखिन्छ ।

इतिहास फर्केर हेर्दा विभिन्न समयमा विभिन्न महामारीले करौडौको ज्यान लियेको थियो। जसमध्ये सन १९२० मा स्पेनिश फलूले ५ देखि १० करोड मानिसको ज्यान लियेको थियो अधिकारिक रुपमा ५ करोड भनिए पनि केहि वैज्ञानिकहरुले १० करोड भन्ने गरेका छन । भारत र चिनमा मात्र १ करोड ३० लाखले ज्यान गमाउका थिए।  जुन हाल सम्मकै ठलो महामारी हो ।

Covid-19  को केही Data हेरौ ।

Covid-19 बिरामिको मृत्यदर

  • अमेरिका – 3.09%
  • भारत – 1.90%
  • स्पेन – 7.42%
  • ब्राजिल – 3.21%
  • नेपाल – 0.42%
  • अरु देशको तुलनामा नेपालमा मृत्यदर कम रहेको छ ।

विश्वमा  Covid-19  बिरामिका लागि प्रयोग भईरहेका औषधिहरु

  • Remdesivir (Ebola)
  • Hydroxychloroquine (Anti Malaria)
  • Colchicine (Gout Treatment)
  • Lopinavir & Ritonavir (HIV Treatment)
  • Plasma Therapy

माथिका कुनैपनि औषधीहरु Covid-19 को उपचारको लागि बनेका होइनन । तर यी औषधिहरुको केही रामो नतिजा आएका छन। Remdesivir Ebola को लागि बनेको थियो तर खासै रामो नतिजा आएन र पछि SARS मा  प्रयोग गरिएको थियो  र अहिले Covid-19 को लागि प्रयोग गरिदैछ।  यसको नतिजा अरु औषधि भन्दा रामो रहेको छ । तर यो औषधि नेपालमा उपलब्ध छैन । गत हप्ता यसको लागि नेपाल सरकारले Tender आह्वान गरेको थियो।

महामारी सामान्यतया दूई तरिकाले अन्त्य भयेको पाईन्छ ।

१) खोप पत्ता लागेर

२) शरिरमा पतिरक्षा प्रणालीको विकाश भयेर ।

हामीसित अहिले विकल्प भनेको हामो प्रतिरक्षा प्रणाली बलियो बनाउनु हो ।

विभिन्न सोधकर्ताहरुको भनाई अनसार ७० प्रतिशत मानिसमा प्रतिरक्षा प्रणाली विकाश भए Covid-19 को अन्तय हुन सक्छ । विभिन्न देशहरले अहिले Serological Survey (Immunity Testing) सरु गरिसकेका छन । केहि उदाहरणहरु:

  • अमेरिका- 56%
  • दिल्ली- 28%
  • मम्बई – 40.5%

तत्काल लिनुपर्ने निर्णयहरु

१) Serological Test: यो एक पकारको Blood Test हो जसमा कनै खास Virus ले आक्रमण गर्दा हामो शरिरले Virus सित लडेर प्रतिरक्षा प्रणाली विकाश गरेको छ कि छैन भनि जाच गरिन्छ ।

यस जाच अन्तर्गत Red Zone मा परेको कनै निश्चित ठाउमा कनै लक्षण नदेखिएका स्वस्थय मानिसहरलाई Randomly छानी Serum Test गरिन्छ । Serum Test – Positive आयेमा उक्त व्यक्तिलाई कनै समयमा Virus लागेको थियो र उसले थाहै नपाई ठीक भईसकेको छ । त्यसपछि उक्त व्यक्तिको Contact Tracing मा परेका कति व्यक्तिमा Immunity Develop भयो जाच गरिन्छ ।

यसैगरि एउटा निश्चित सख्यामा प्ररिक्षण गरिसकेपछि एउटा अनुमानित विवरण निकाल्न सकिन्छ र आवश्यकता अनुसार निर्णय लिन सकिन्छ ।

यो विधि प्रयोग गरेर दक्षिण कोरिया, सिगापूर, ताईवान जस्ता देशहरुले Covid-19 धेरै नियन्त्रण गरिसकेका छन ।

२) अग्रपक्तिमा खटिएका स्वास्थयकर्मि र सुरक्षा कर्मिहरुको स्वास्थ्य विमा , थप भता र सुरक्षित बासस्थानको व्यवस्थापन गरिनुपर्छ ।

३) झन्डै ३ करोड जनसद्धख्या भयेको हामो देशमा ३००० मात्र भेन्टिलेटर छ । थप Covid Hospital र स्वास्थ्यकर्मिको यथाशिघ परिचालन गरिनुपर्छ ।

४) हिजो मात्र स्वास्थ्य तथा जनसद्धखया मन्त्रालयले Covid-19 को स्वास्थ्य आपतकालिन अवस्थामा कामकाजका लागि स्वास्थ्य कर्मिको आवेदन आह्वान गरेको छ। तर License पाप्त स्वास्थ्य कर्मि प्रायजसो कतै न कतै काम गरि राखेकै हन्छन । निश्चित समयको लागि मात्र अहिले काम गरिरहेको सस्था छाडेर स्वास्थ्य मन्त्रालय अन्र्तगत काम गर्ने सम्भावना कमै छ ।

आवश्यक सद्धख्यामा पदपूर्ती गर्नका लागि अन्तिम वर्षमा अध्यनरत विघाथीर्, अन्तिम नतिजाको पर्खाईमा रहेका विघार्थी  र License को परिक्षा दिन बाकि रहेका विघाार्थीहरुलाई निश्चित अवधिको Covid-19 को उपचार सम्बन्धि परिक्षण दिएर परिचालन गर्न सकिन्छ ।

५) नेपाल भारत सिमाना अझै कडाइ गर्ने

अर्थतन्त्र बचाउनका लागि

१) आन्तरिक हवाई उडान खोलिनुपर्छ ।

२) कलकारखाना 50% capacity मा खोलिनुपर्छ ।

३) Local Transport 50 % capacity मा खोलिनुपर्छ ।

४) नगद कारोबारलाई सक्दो कम गरिनुपर्छ ।

५)  प्रत्येक पसलमा E-Wallet अनिवार्य गरिनुपर्छ । यो हेर्दा अलि कठीन देखिएपनि ३ वर्ष अगाडी भारतले नोटबन्दि गर्दा १ महिना भित्रै सानो देखि ठूलो व्यापारीले E-Wallet जडान गरेका थिए। हमिले गर्न नसक्ने भन्ने हूदैन ।

६) होम डेलिभरिलाई प्रोत्साहन गरिनुपर्छ।

७) कम सक्रमण भएका ठाउहरुमा आवश्यक सरक्षाका उपायहरु अपनाई लकडाउन खुकूलो बनाइनुपर्छ ।

सरकारलाई मात्र दोष नदिएर हामीले पनि केहि कार्यहरु ईमान्दिारी पूर्वक गर्नुपर्छ ।

१) दैनिक व्यायाम गर्ने (केही जना बाहेक कसैले गरेका छैनौ)

२) Immunity बढाउने खानेकराहरु खाने

३) नगद कारोबार सकेसम्म कम गर्ने

४) सरकारले दिएका Guidelines follow गर्ने आदी ।

अन्तयमा

हामिले हामो दिनचर्या परिवर्तन गरि सरकारले दिएका Guidelines follow गर्ने हो भने अवश्य पनि कोरोनालाई जित्न सक्छँ ।यस विपतको घडिमा सकेसम्म आपसि सहयोग र समाजिक सदभाव कायम राखौ । जन्मे पछि मर्नैपर्छ प्रर्कृतिको नियम हो केवल ढिलो र चाडो मात्र हो तसर्थ धेरै डराउन भन्दा सबैले आ आफनो जिम्मेवारी ईमान्दारी पूर्वक पालना गरौ ।

श्रोत

१) स्वास्थ्य तथा जनसद्धखया मन्त्रालय

२) Johns Hopkins University

३)  WHO

४) विभिन्न विशेषज्ञबाट प्रकासित लेख तथा अन्र्तवार्ता 


Author: Sujit Karna

— Birgunj, Parsa


Share on

Habre Nepal