Hamro Shringar
Flasks

चीनमा कोरोना महामारीको दोस्रो लहरको चिन्ता

Reporter अन्तर्राष्ट्रिय, कोरोना भाइरस, चीन, स्वास्थ्य

बेइजिङ: सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दिनभन्दा लामो समयसम्म यो सहरमा कुनै पनि संक्रमित फेला परेका थिएनन् ।

बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ । सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।