Hamro Shringar
Virus

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, सबै सेवा बन्द

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, वाग्मती

भक्तपुर: भक्तपुर अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको सुत्केरी भएको आधा घण्टामा मृत्यु भएको अस्पतालले जनाएको छ । 

सुत्केरी महिलाको मृत्युपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

अस्पताल आउँदा ती महिलामा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पतालले जनाएको छ । मृतक महिलाको कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षणका लागि ‘स्वाब’ को नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । महिलाको शव अस्पतालमै राखिएको छ ।

मृतक महिलाले केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएकी थिइन् । केएमसी अस्पतालमा कार्यरत चिकित्सक, नियमित स्वास्थ्य जाँचका लागि गएका गर्भवती महिलालगायतमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द छ । उक्त अस्पताल बन्द भएकाले ती महिला सुत्केरी गराउन भक्तपुर अस्पताल आएको बुझिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले बताए ।

साभार: ekantipur


Share on

Habre Nepal