Habre Nepal
Flasks

कोरोनाभाइरस खोप: पहिलो सङ्केत सकारात्मक भएको अमेरिकी कम्पनीको दाबी

Reporter अन्तर्राष्ट्रिय, अमेरिका, कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।

सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ।

शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ।

Hamro Shringar

Share on

Ktm City Shop