Hamro Shringar
Covid 19 Test Tube

सिरहामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Furshad Agency कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, स्वास्थ्य

सिरहा: सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । सिरहाका संक्रमितहरु सबै भारतबाट आएकाहरु हु्न् । 


Share on

Habre Nepal