Habre Nepal
PPL

पीपीएल : पहिलो खेलमा पोखरा र काठमाडौं भिड्दै

Furshad Agency खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय Leave a Comment

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुने भनिए पनि वर्षाका कारण एकदिन सारिएको थियो। पहिलो दिनको पहिलो खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्सबीच प्रतिस्पर्धा गर्दै छ।

पोखराले टस जितेर पहिलो फिल्डिङ रोजेको छ। पोखराको कप्तानी शरद भेषावकरले गरिरहेका छन् भने काठमाडौंको ज्ञानेन्द्र मल्लले गरिरहेकाछन्।